बलीउडका सहायक निर्देशक ‘सायद २’बाट डेब्यू गर्दै



pusparaj-neupane-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बलीउडका केहि चलचित्र र टेलिसिरयलमा सहायक निर्देशन गरेका पुष्पराज न्यौपानेले नेपाली चलचित्र ‘सायद २’बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट ‘सायद २’मा निर्देशनको लागि आवेदन दिएका दर्जन मध्येबाट न्यौपाने छानिएका हुन् ।

उनले बलीउड चलचित्रहरु ‘डेन्जरस इस्क’, ‘हेट स्टोरी २ र ३, ‘म्याक्सिमम’ तथा ‘राज ३’ मा साथै सिरियलहरु ‘घरकी लक्ष्मी’ ‘बेटियाा’, ‘गीता’, ‘मधुबाला’ र ‘सावधान इन्डिया’मा सहायक निर्देशन गरेका छन् । न्यौपानेले वातावरणसम्बन्धी डकुमेन्ट्री पनि निर्देशन गरेका थिए ।

pusparaj-neupane-2

सायद, होस्टेल र होस्टेल रिटन्र्सपछि दुर्गिश फिल्मसले चौंथो चलचित्र बनाउन लागेको हो ।’सायद’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu