भाइब्ज व्याण्ड पहिलोपटक नेपालमा



the-vibesठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाल र अमेरिका दुबै देशमा उत्तीकै लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले दोस्रो एल्बम को हुं म बजारमा ल्याएलगत्तै आफुलाई पहिलोपटक नेपालमा प्रस्तुत गरेको छ । अमेरिकामा प्रस्तुत हुंदै आएको यो व्याण्ड शुक्रबार राजधानीमा पनि आफ्नो सांगितीक प्रस्तुति र एउटा नयां रोचक म्युजिक भिडियोका साथ प्रस्तुत भयो ।

राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा आयोजित एनआएरएनको युथ प्रोग्राम शुभारम्भ गर्दै व्याण्डले आफ्नो सांगितीक प्रस्तुतिमात्र पस्किएन, नयां एलबम को हुं मको फसें म गीतमाथि बनेको म्युजिक भिडियोको वर्ल्ड प्रिमियर गरेर सबैलाई रोमाञ्चीत बनायो । व्याण्डले अघिल्लो तथा पहिलो एलबम द भाइब्ज जेनेरशननको सुपर हिट गीत थाकी सके पस्केर कार्यक्रमका सहभागी सबैलाई सांगितीक आनन्दसमेत दिलाएको थियो । उक्त गीतमा प्रइन सिंहको भोकल तथा रुपक लामाको लिड गितार, दिरेकलाल श्रेष्ठको ड्रम, रकीनलाल श्रेष्ठ जिम्बे र उमेश पण्डित बांसुरीले दर्शकलाई रकिंग गराएको थियो ।

आफ्नो नविनतम एल्बम को हुं मका गीतहरुको म्युजिक भिडियोको वर्ल्ड प्रिमियर फेजमा रहेको व्याण्डको फेसबुक र यु ट्युब अपलोडडसंगै फसें मको म्युजिक भिडियो आईतबारबाट नेपाली टेलिभिजन च्यानलहरु तथा अनाईनबाट सार्वजनिक भएको छ । यो म्युजिक भिडियो नेपाली सेन्स अफ ह्युमर प्रयोग गरेर नेपाली फ्लेवरमा बनाइएको छ । भिडियोको निर्देशन एक्स मन्त्र व्याण्डका भोकलिस्ट रोजेश श्रेष्ठले गरेका छन् । अघिल्लो एलबममा फरक फरक समयमा फरक फरक गीतको म्युजिक भिडियो बनाएर चर्चामा आएको द भाइब्ज व्याण्डले यो दोस्रो एलबममा पनि सोही अनुसार क्रमबद्ध तरिकाले आफ्ना भिडियो सार्वजनिक गर्ने भएको छ।

एल्बममा संग्रहित हाम्रो तारा बोलको गीत आगामी मंसिरमा सार्वजनिक गरे पनि टाइटल ट्रयाक अर्थात को हुं मको गीतको म्युजिक भिडियो कार्य व्याण्डले एक वर्ष अघि नै शुरु गरेको हो । तर यो म्युजिक भिडियो तयार पार्न अझै एक वर्ष लाग्ने जनाएको छ । ‘यो ट्रयाक संगको म्युजिक भिडियो या त एकदमै चल्नेछ या त चल्दै चल्दैन’ व्याण्डका सदस्यहरुको भनाई छ ‘तर हामीलाई विश्वास छ यो म्युजिक भिडियो क्रिटीक्सलाई भने अवश्य मन पर्नेछ । किनभने हामीले यसमा धेरै प्रयोगहरु गर्दैछौं ।’
पहिलो एलबम द भाइब्ज जेनेरेशनबाटै नेपाली सांगितीक आकाशमा तहल्का मचाउन सफल द भाइव्ज व्याण्डले केहीअघि मात्रै त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हु म बजारमा ल्याएको हो ।

नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकपि्रयता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइब्ज व्यान्डले रक संगीतमा पनि उच्चस्तरको गीतसंगीतमा मात्र विश्वास राख्ने र सोहीबमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै चार वर्षको अन्तरालपछि दोस्रो एलबम तयार पारेको हो । द भाइब्जले यसअघि सन् २००९ मा पहिलो एल्बमस्वरूप द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो । नेपाल र अमेरिकाका नेपाली रकप्रेमीद्वारा अत्यधिक रुचाइएको तथा एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल द भाइब्ज जेनेरसनमा संगृहित थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको थियो । अमेरिकाका मनोरम दृश्य कैद गरी कथानक ढंगले निर्माण गरिएको सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियां (१० हजार डलर) को लागतमा बनेको थियो ।

व्याण्डको दोस्रो एलबम को हुं ममा कुल ७ गीत छन् । यसमा पप रक र आधुनिक गीतका साथमा अंग्रेजी गीतसमेत छन् । ५ गीत बिल्कुल नयां छन् भने बोनसका रूपमा २ गीत पुरानो एल्बमबाटै राखिएका छन् । हाम्रो तारा, फसें म, निर्मोही, को हुं म र अवेकन गरी ५ गीत बिल्कुल नयां छन् भने बोनस गीतका रूपमा बन्धक र तस्वीर तिम्रो समावेश गरिएको छ । एल्बमका यी गीतमा जयराज गौतम, मानोषी सिंह, शरद युवराज सिंह, रूपक लामा, रामकुमार श्रेष्ठ र प्रतिमा प्रधानका रचना छन् । यसको गीतमा श्रुति सिंह र अमेरिकन सिंगर निकोल पार्नेलले फिचरिङ गरेका छन् ।

Watch Fase ma here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu