आर्यन र नम्रताको प्रेमले भरिएको ‘क्लासिक’ फर्स्टलुक



classic1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरिएको चलचित्र ‘क्लासिक’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

माघ २९ गते नेपालभर प्रदर्शनमा आउने तयारीका साथ धमाधम यो चलचित्रको काम भैरहेको छ । दर्शकको कौतुहलतालाई हेर्दै चलचित्रको निर्माण यूनिटले यसको फस्ट लुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको प्रेम झल्काइएको छ । चलचित्रमा आर्यन र नम्रताका अलवा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा देखिनेछन् ।

classic2

चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । शान थापाको सह-निर्देशन, एसोसियट निर्देशक विकास सुवेदी र मुख्य-सहायक निर्देशक दिनेश रावत रहेको चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।

classic3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu