अनु ‘शाकिरा’ बनेपछि… (भिडियो)



Anu-sakira
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पुराना निर्माता शेखर कोइरालाले निर्माण गरेको चलचित्र ‘बाजिगर’ को ‘शाकिरा’ बोलको गीत सार्वजनिक गरिएको छ । इन्दिरा जोशीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र शोप्निल बरालको शब्द रहेको छ ।

गीतमा चलचित्रकी नायिका अनु शाहले आर्कषक नृत्य प्रस्तुत गरेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा इन्दिरा जोशीको आवाजले राम्रै हंगामा चलाएको छ । चलचित्रमा नायक जिवन लुइँटेल, नायिका अनु शाह,धु्रव कोइराला, श्याम राई मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रमा मदनकाश्यप घिमिरेको छायांकन, बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रको निर्देशन रन्जित रानाले गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu