राजेश हमाल अब ‘बागमती’को प्रचारमा लाग्ने



Bagmati-Poster-1-feat
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘बागमती’को प्रचार प्रसारमा चलचित्रका नायक राजेश हमालले सक्रियता देखाउने भएका छन् ।

केहि महिनादेखी अमेरिकामा रहेका हमालले नेपाल आएसँगै चलचित्र यूनिटलाई भेटी यस्तो प्रतिबद्धता दिएका हुन् । शुक्रबार हमालसँगको छलफलपछि निर्माता तथा प्रस्तुतकर्ता दिनेश दर्शनधारीले चलचित्र पब्लिसिटीको लागी आफ्नो पुर्णतमः साथ र सहयोगको आश्वासन हमालले दिएको बताएका छन् । साथै आफू अमेरिका रहँदा समेत त्यहाँ रहेका नेपालीहरुले छिटो नेपाल फर्केर बागमतीको प्रचारको लागी उत्रिन आग्रह गरेको समेत हमालले खुलाएका छन् ।

चलचित्रलाई सुरुवाती दिनबाट नै ’महानायकको कमब्याक’ स्लोगन सहित प्रचार गरिएको छ भने साउथ ईण्डियन निर्देशक सन्नी केराला निर्दे्शित यो चलचित्र आफ्नो अहिलेसम्मकै फरक अभिनय र प्रस्तुतीमा बनेको भन्दै हमालले पनि यसअघी नै ’बागमती’को लागी आफु पुर्णतः लागीपर्ने बताउँदै आएका छन् । अमेरिका रहँदा बागमतीको बारेमा धेरैले चासो व्यक्त गरेको भन्दै चलचित्रलाई दर्शकको साथ मिलाउनको लागी हर कोशिष गर्ने समेत चलचित्र यूनिटसँगको भेटमा हमालले बताएका थिए ।

यो चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर, कञ्चन ठकुरी आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रलाई साउथ ईन्डियन निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu