ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधा पेज’को गीत सार्वजनिक गरिएको छ । गायक प्रेम परिवारको स्वर रहेको ‘मेरो आँखा रसाउँछ’ बोलको गीतमा प्रेमसँगै समिताको पनि आवाज रहेको छ ।
सार्वजनिक गीतमा सारिका न्यौपाने र असिम आरडीलाई फिचरिंग गरिएको छ । रमण गायकको संगीत तथा शब्द रहेको यस गीतलाई हरि वाग्लेले नृत्य निर्देशन गरेका हुन् । समुन्द्र भट्टद्वारा निर्देशित चलचित्र “आधा पेज”मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।
चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ । परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । रमण गायक र रुपक न्यौपानेको शब्द तथा संगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।
गीत हेर्नुहोस्: