पाँच महिला कलाकारलाई सम्मान



mahila-samma
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास बोर्डअन्तर्गत महिला सशक्तिकरण समितिले नेपाली चलचित्रको सुरुवातदेखि नै कलाकारितामार्फत योगदान पुर्‍याउँदै आएका पाँच महिला कलाकारलाई शुक्रबार चलचित्र विकास बोर्डमा सम्मान गरेको छ ।

‘नेतृत्व विकास तथा महिला सशक्तिकरणका लागि चलचित्र क्षेत्रको भूमिका’ विषयक एक दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालामा नेपाली चलचित्रका प्रथम नायिका भुवन चन्द, कलाकार लक्ष्मी गिरी, बसुन्धरा भुसाल, सुभद्रा अधिकारी र चैत्यदेवी सिंहलाई सम्मान गरिएको हो ।

सम्मानपछि कार्यक्रममा बोल्दै सुचना,संचार तथा प्रविधि मन्त्री शेरधन राईले राष्ट्रिय चलचित्र नीतिलाई समय सापेक्ष पूनरावलोकन गरी चलचित्र माध्यमलाई समाज संवाहकको सशक्त माध्यम बनाउनु पर्ने बताएका छन् । मन्त्री राईले चलचित्र क्षेत्रका विकृत पक्षलाई नियन्त्रण गर्दै सशक्त, स्वस्थ्य र सार्थक नीति बनाउनु पर्नेमा जोड दिएका हुन् ।

बोर्डका अध्यक्ष राजकुमार राईले कलाकारिता पेसालाई मर्यादित र व्यावसायिक बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu