ठुलोपर्दा डटकम, काठमाण्डौ।
शनीवार सम्पन्न नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा रामकेशर बोगटी विजयी भएका छन् । उनका प्रतिद्वन्दी लय संग्रौलालाई ७८ मतले जितेका हुन् ।
५६६ जना मताधिकार भएका कलाकार मध्ये ४०९ जनाले मत दिएका थिए । बोगटीले २३८ र संग्रौलाले १६० मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उमेद्दवार विशाल बिष्टले जम्मा १० मत प्राप्त गरे ।
उपाध्यक्षमा सबैभन्दा बढि मत २७७ ल्याएर सानु ताम्राकार विजयी बने साथै उपाध्यक्षमा नै १८१ मत सहित रेजिना उप्रेती पनि विजयी रहिन् ।
महासचिवमा २२५ मत प्राप्त गर्दे सरिता लामिछाने र सचिव पदमा चेत बहादुर सिंहले १९६ मतका साथमा विजयी बने । कोषाध्यक्ष पदमा २०४ मत प्राप्त गरी बिमला केसी विजयी भईन् ।
त्यस्तै सदस्यमा उम्मेद्वारी दिएका कलाकार शिवहरी पौडेल, सविन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, शिवहरी नेपाल, कविता गेलाल, रश्मी भट्ट, धन बहादुर बमजन, बिष्णु प्रसाद सापकोटा पनि विजयी भएका छन् ।