सलमानले शाहरुखलाई हाने दुई लात ! तर किन ?



salman-&-shaharukhठुलोपर्दा डटकम। एक समयको कुरा हो जब एक था टाईगर तथा एक था डन एउटै कोठामा सुतिरहेका थिए। दबंग टाईगरले उसलाई एक लात हाने जो आफ्नो दुनियाको बादशाह थिए। जि-वनलाई चोट त लागेन तर उ सुत्नै सकेन। बिहान भएपछि यि दुई करण-अर्जुन फेरी साथी बने। फेरी त्यो जोडी कसरी भाँचियो जुन निकै चर्चामा रह्यो।

माथीको कुरा दबंग सलमान र बादशाह शाहरुखको हो। यि दुई बीचको शीत युद्द वलिउडमा कुनै हालतमा लुक्न सकेन। शाहरुखसँग करण-अर्जुन चलचित्रको छायांकनको बेला घटेका घटना सलमानले बिग बोस ७ को घरमा बताएका छन्।

बिग बोस ७ को होस्ट गरिरहेका सलमानले केहि बर्ष पहिलेको कुरा बताएका हुन्। सलमानका अनुसार तीन अन्य साथीहरुसँग सुतिरहेका शाहरुखलाई मुड खराब भएर लात हानेका हुन्। केहि बर्ष पहिला करण-अर्जुनको शुटिङ्का बेला अचानक कुनै सिनियर कलाकार आएकोले शाहरुखले आफ्नो कोठा छोड्नुपर्ने भयो, जुन बेला शाहरुखको चर्चा थिएन्। शाहरुख सलमानको कोठामा गए जहाँ पहिले नै अन्य तीनजना आईसकेका थिए।

यो देखेर सलमानलाई रिस उठेको थियो। सबैले शाहरुखलाई राख्न सहमत भएपछि सलमानको पारो तात्यो अनि शाहरुखलाई दुई लात हानिदिए। सलमान मस्तसँग निदाए तर शाहरुख भने जागै भए। बिहान भएपछि उनिहरु पुन: मिलिजुली करण-अर्जुनको शुटिङ्मा गएका थिए। पछि यो जोडी एक आपसमा झगडा गर्यो। केहि बर्षपछि एक राजनितिज्ञको इद पार्टीमा यि दुई फेरी मिलेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu