वलिउड फिल्म ‘Everyday is Sunday’ नेपाली भाषामा रिलिज हुने



everyday-is-sundayठुलोपर्दा डटकम, काठमाण्डौ। सम्पूर्ण शुटिङ् सिक्कीममा भएको पहिलो वलिउड फिल्म ‘Everyday is Sunday’ नेपाली भाषामा पनि रिलिज हुने भएको छ। यस फिल्मको निर्माता कम्पनी देउराली भेराईटिजका अनुसार ८० स्क्रिनमा यो चलचित्र प्रदर्शन हुनेछ। नेपाल प्रदर्शनको लागि गोपीकृष्ण मुविजले खरिद गरेको छ। दार्जिलिङ् र कालिंगपोङ्मा पनि यो रिलिज हुनेछ।

चलचित्रको प्रचार-प्रसारको लागि चलचित्रको टिम नै नेपाल आउने भएको छ। बेन स्टिलरको हलिउड चलचित्र ’51 First Dates’ बाट प्रभावित भएर यो चलचित्र बनाईएको हो। यस चलचित्रमा सिद्दार्थ रोय चौधरी र सिक्कीमकी त्रिशला तामाङ् र सुनिल क्षेत्रीको मुख्य भुमिका रहेको छ। सिक्कीमकी ठिटीसँग कसरी गैह्र सिक्केमेलीले माया गर्न पुग्छ र त्यसको फल कस्तो आउँछ,  ‘Everyday is Sunday’ मा पाईनेछ।

सुबेन्धु घोषले निर्देशन गरेको यो चलचित्रलाई सुधाकर शर्माले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu