श्रीकृष्णको जन्मदिनमा स्वेताले बाढिन् अनाथ बालबालिकालाई न्यानो कपडा



sweta-kapada
ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको मंगलबार ४५ औँ जन्मजयन्ती मनाइएको छ । उनको जन्म दिनको अवसरमा नायिका स्वेता खड्काले घर आगन बाल आश्रममा रहेका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेकी छन् ।

स्वेताले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा घर आगन नेपालमा रहेका ११ जना अनाथ बालबालिका, २ जना दृष्टिविहिन तथा २ जना शारीरिक अशक्त भएका वक्ति गरि १५ जनलाई जाडोमा न्यानो कपडा वितरण गरेकी हुन् । श्वेतासंगै संस्था घर आगन नेपाललार्इ सहयोग गर्ने बखत उनका गुरु बसन्त श्रेष्ठ पनि उपस्थित थिए ।

न्यानो कपडा वितरण गरिसकेपछि श्वेताले जाडोमा चिसोको शिकार बालबालिका धेरै हुने भएकाले सहयोग गर्न अपिल पनि गरेकी छिन । ‘मैले जहिलेबाट उहाँलाई चिने उहाँले जन्मदिनमा यसै गरि असहायलाइ सहयोग गरेर मनाउनु हुन्थ्यो, यसैले मैले पनि उहाको जन्मदिनमा उहाँले नै गर्ने कार्य गरेकी हुँ’, श्वेताले भनिन -‘यी बालबालिकाहरुको ओठमा मुस्कान देख्दा मलाइ निकै खुसि लागेको र उहाँ जहाँ हुनुहुन्छ यो देखेर खुसि पक्कै खुसि हुनुहुनेछ ।’

श्वेताले अब आफ़ु पनि यस कार्यमा जुट्ने तथा केहि बर्ष समाजसेवामै लाग्ने पनि बताईन । नायक श्रेष्ठको गत वर्ष उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu