‘नेपाली म्युजिक भिडियो अवार्ड’ हुँदै



music-video-awards
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हालसम्म एउटा क्षेत्र अथवा म्युजिक, चलचित्र र लोकदोहोरीलाई मात्र केन्द्रविन्दु बनाएर अवार्ड कार्यक्रम भइरहेको अvस्थामा अब भने सबैक्षेत्रलाई समेटेर नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रम हुने भएको छ । चैतको अन्तिममा आयोजना गरिने तयारी रहेको उक्त अवार्डको लागि आजबाट फारम भर्ने काम सुरु भएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बिच आयोजक संस्था संगिक्षा इन्टरटेन्मेन्टका संयोजक मनोज केसीले दिएको जानकारी अनुसार अवार्ड २२ देखी २३ विधामा वितरण गरिनेछ । कार्यक्रममा बोल्दै मनोज केसीले भने -‘सबैक्षेत्रका व्यक्तिहरुलाई प्रोत्साहन गर्न हामीले यो अवार्ड कार्यक्रमको आयोजना गरेका हौं । अहिलेसम्म नेपालमा आयोजना नभएको यो कार्यक्रमलाई स्तरिय बनाउन हाम्रो प्रयास रहनेछ ।’

अवार्डमा चलचित्र, म्युजिक भिडियो, लोकदोहोरी देखी अन्य क्षेत्रलाई समेट्दै अवार्ड वितरण गरिने मनोजले कार्यक्रममा जानकारी दिए । उनका अनुसार उक्त अवार्ड कार्यक्रममा राष्ट्रिय देखी अन्तर्राष्ट्रिय व्यक्तिसम्मको सहभागिता रहनेछ । उनका अनुसार अहिले अवार्डको नाम नेपाली म्युजिक भिडियो अवार्ड राखिएपछि पछि परिवर्तन गरिन सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu