मुद्दा परेका सलमानले गर्ने सामाजिक काम कस्तो होला त ?



ठुलोपर्दा डटकम। ज्यान मार्ने मुद्दा खेप्दै आएका वलिउड नायक सलमान खान सामाजिक कार्यकर्ता बनेका छन्। आउने भारतिय गणतन्त्र दिवसको दिन रिलिज हुने चलचित्र ‘जय हो’मा उनि एक सामाजिक कार्यकर्ताको रुपमा देखिदैछन्। अदालतमा मुद्दा रहेका सलमानले ‘बिङ्ग ह्युमन’ नामक सामाजिक संस्था पनि चलाईरहेका छन्।

समाजलाई परिवर्तन गर्ने मिशनमा लागेको युवाको रुपमा सलमान देखा पर्ने बताईएको छ। सार्वजनिक पोस्टरमा उनलाई नोबेल अध्ययन गरिरहेको देख्न सकिन्छ। शोहिल खान निर्देशित ‘जय हो’ सलमानको होम प्रडक्शन हो। सो चलचित्र सुपरहिट तेलुगु चलचित्र ‘स्टालिन’को रिमेक गरिएको हो। तेलुगुमा भित्राउँदा पनि ‘पे ईट फरवार्ड’ नामक हलिउड फिल्मको रिमेक थियो।

सलमान खानलाई ‘नोबेल मेथड’बाट मानिसको मनोभावना परिवर्तन गर्ने भुमिकामा देख्न पाईने भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu