के गफ मात्रै थियो जितुको कमेडी शो ?



comedy-club
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली रंगीन दुनियाँमा धेरै कुरा गफ मात्रैले पनि चल्छन् । गफ राम्रै र तगडा भयो भने रंगीन दुनियाँमा टिक्न केहि सजिलो हुन्छ किनकी यस्ता गफका कुराहरुले चलेका व्यक्तिहरु हामीले धेरै देखेका छौं ।

कहिले काहिँ चलचित्र निर्माण गर्ने भनेर निर्माताहरुले निकै ठुलो होटलमा चलचित्रको घोषणा सभा गर्छन्, कति चलचित्र बन्छन् पनि तर कति चलचित्रहरु सपना देखे झै विलाएर पनि जान्छन् । त्यस्तै केहि समय अगाडी निकै चर्चामा आएको हाँस्यकलाकार जितु नेपालले’कमेडी क्लब विथ जितु नेपाल’ सञ्चालन गर्ने कुरा तर अहिले यो कुरा गफमा मात्रै सिमित भएको छ ।

२०७२ साल असारबाटै सुरु हुने भनिएको यो सो अहिलेसम्म प्रशारणमा आउन सकेको छैन । कलाकार जितु नेपाल १ महिला लामो अमेरिका भ्रमणमा गएर नेपाल आएपनि यो सोको सुरुवात हुने कुनै छाँटकाट देखिएको छैन ।

केहि महिना अगाडी प्राप्त खबर अनुसार जितु नेपालसँगको सहकार्यमा हाउस फर सि नेटवर्कले कमेडी क्लब विथ जितु नेपाल टाईटलमा नयाँ टेलिभिजन कार्यक्रम तयार गर्न लागेको थियो । एकघन्टा लामो मेघा कार्यक्रमको पहिलो सिजन एकसय भागको हुने जानकारी दिइएको थियो तर अहिले यो सोको काम के भइरहेको कुनैलाई अत्तोपत्तो छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu