राजमार्गका भित्ता भित्तामा ‘राहदानी’



rahadani

ठुलोपर्दा डटकम।
वैदेशिक रोजगारीको विषय समेटिएको चलचित्र ‘राहदानी’ले आफनो प्रचार प्रसारलाई आक्रमक बनाएको छ । प्रदर्शन मिति दुई महिना बाँकी रहँदा चलचित्र राहदानीले प्रचार प्रसार अन्तर्गत राजमार्ग अभियान सम्पन्न गरेको छ ।

चलचित्र बारे राजमार्गमा यात्रा गर्ने दर्शकलाई जानकारी गराउन यो अभियान सुरु गरिएको यसका निर्माता लक्ष्मी प्रसाद ढकालले जानकारी गराएका छन् । राजमार्ग अभियान अन्तर्गत काठमाडौं, बनेपा बर्दिबास सडक खण्ड, बर्दिबास पथलैया हेटौंडा सडक खण्ड, हेटौंडा देखि नारायणघाट सडक खण्डका विभिन्न स्थानमा राहदानीको भित्तेलेखन अभियान सम्पन्न गरिएको छ ।

यस्तै नारायणघाट देखि नवलपरासी, बुटबल सडक खण्ड, नारायणदेखि मुग्लिन सडक खण्ड, दमौली देखि मुग्लिन सडक खण्ड र मुग्लिन देखि नागढुँगा सडक खण्डमा पनि रादहानीको प्रचार स्वरुप भित्तेलेखन अभियानसम्पन्न भएको छ । यी राजमार्ग अन्तर्गत एक सय भन्दा बढी स्थानमा चलचित्र राहदानीको प्रदर्शनी मिति बारे भित्तेलेखन सम्पन्न गरिएको छ ।

‘गाउँ शहर देखि राजधानी,हेर्नेछन सबैले राहदानी’ नारासहित यो अभियान सुरु गरिएको हो । सञ्चारकर्मी डब्बु क्षेत्रीको लेखन तथा निर्देशनमा बनेको चलचित्रले डेढ दर्जनभन्दा बढी च्यारिटी शो गरिसकेको छ । चलचित्रका निर्मातामा चण्डीप्रसाद श्रेष्ठ, कृष्णचन्द्र झा, रियाना पात्रवंशीलगायत छन् । यसमा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, नवीन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकास जोशी, दिनेश दुलाललगायतको अभिनय छ भने रीमा विश्वकर्मा आइटम डान्समा देखा परेकी छन् ।

मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu