रहेनन संगीतकार रत्‍नबहादुर खड्गी



khadgi

ठुलोपर्दा डटकम, काठमाण्डौ।
संगीतकार रत्‍नबहादुर खड्गीको ७९ वर्षको उमेरमा निधन भएको छ । त्रिपुरेश्वरस्थित ब्‍लुक्रस अस्पतालमा फोक्सोमा देखिएको तेस्रो तहको क्यान्सरको उपचार गराईरहेका खड्गीको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

खड्गीमा फोक्सोको क्यान्सरको समस्या थियो । खोकीमा रगत देखापरेपछि खड्गी केही दिनअघि अस्पताल भर्ना भएका थिए । खड्कीका ‘कर्मको रेखा नमेट्दो रैछ’, ‘एक्लै बस्दा’, ‘सिरानीले बिझायो कि’, ‘मेरो माया छ भने’ लगायतका गीत चर्चित छन् । उनको शवलाई श्रद्धाञ्‍जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने प्रा.डा.जिवेन्द्र देव गिरीले जानकारी दिए ।

पुरानादेखि नयाँ पुस्ताका गीतमासमेत संगीत दिएका खड्गीले एकसय बढी गीतमा स्वर दिएका छन् । त्यस्तै एक दर्जन गीतको शब्द समेत लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu