कलाकार संघले अवार्ड गर्ने, अवार्ड निष्पक्ष हुने दावी



ठुलोपर्दा डटकम, काठमाण्डौ।
सानो नेपाली चलचित्र बजारमा अहिले आबश्यक भन्दा बढि अवार्ड कार्यक्रमहरु भइरहेका छन् । यसले एकातिर चलचित्रकर्मीहरुलाई उत्साहित गरिरहेको छ भने अर्को तिर अवार्ड कार्यक्रमहरु निष्पक्ष हुन छोडिरहेको भन्ने आरोप पनि लागिरहको छ । त्यहि क्रममा चलचित्र कलाकार संघले आगामी वर्षदेखि नियमित रुपमा अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ ।

अवार्डका लागि संघले हालै बसेको बैठकबाट पाँच सदस्यीय समितिसमेत गठन गरेको छ । यही समितिले अवार्डका कार्यक्रम तर्जुमा गर्ने संघले जनाएको छ । महासचिव सरिता लामिछानेले वुधबार बसेको बैठकको निर्णयबारे जानकारी दिदैं निष्पक्ष अवार्डको खाँचो रहेको महसुस गर्दै संघले अवार्ड गर्ने निर्णय गरेको बताइन् ।

समितिमा कृष्ण मल्ल संयोजक, प्रकाश सुवेदी सह–संयोजक तथा नन्दिता केसी, देवीराम पराजुली र सुनिल कटुवाल सदस्य तोकिएका छन् । संघले फागुन ८ गतेलाई वनभोज मितिसमेत तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu