चलचित्र ‘राहदानी’को गीत सार्वजनिक (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
सञ्चारकर्मी डब्बु क्षेत्रीको लेखन तथा निर्देशनमा बनेको चलचित्र राहदानीको नयाँ गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको गोरेटोमा’ बोलको सार्वजनिक गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने चण्डी श्रेष्ठको शब्द र जुगल डंगोलको संगीत रहेको छ ।

आगामी १२ चैतबाट प्रदर्शनी हुने तयारीमा रहेको यो चलचित्रले डेढ दर्जनभन्दा बढी च्यारिटी शो गरिसकेको छ । चलचित्रका निर्मातामा चण्डीप्रसाद श्रेष्ठ, कृष्णचन्द्र झा, रियाना पात्रवंशीलगायत छन् । यसमा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, नवीन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकास जोशी, दिनेश दुलाल लगायतको अभिनय छ भने रीमा विश्वकर्मा आइटम डान्समा देखा परेकी छन् ।

मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षत्रीले बताए । वैदेशिक रोजगारीको विषयलाई चलचित्रले मार्मिक ढंगबाट प्रस्तुत गरेको छ ।

भिडियो;:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu