क्रिकेटरको कथामा बनेको ‘च्याम्पिएन’को ट्रेलर सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘च्याम्पिएन’को ट्रेलर, पोष्टर र एक गीतको भिडियो सार्वजनिक गरिएको छ । एक यूवाले क्रिकेटर बन्नका लागि गर्ने संघर्ष र सफलताको कथा पर्दामा उतारिएको चलचित्र ‘च्याम्पिएन’को नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्काले ट्रेलर र पोष्टर सार्वजनिक गरेका थिए ।

वीवी फुयाँलको निर्देशनमा रीता पोख्रेलले निर्माण गरेको यो चलचित्रको प्रस्तुतकर्ता कृण्ण पोखरेल हुन् । चलचित्रमा दीकपाल कार्की, मन्जिता केसी, जेएन घिमिरे, जगत टमाटा, शारदा आचार्य, साहिल खान लगायतका कलाकारको मुख्य भूमिका छ । आरडी मिडिया हाउसको ब्यानरमा तयार भएको यो चलचित्रमा दिकपाल कार्की क्रिकेटरको भूमिकामा देखिएका छन् भने मञ्जिता केसी उनको प्रेमिकाको रुपमा चलचित्रमा देखिनेछिन् ।

चलचित्रमा १९ बर्षमुनिका राष्ट्रिय क्रिकेट टिमका खेलाडीले पनि अभिनय गरेका छन् । चलचित्रलाई शुभकामना दिदैं कप्तान पारस खड्काले नेपालले विश्वकप क्रिकेट खेलेपछि यसमा सिंगो नेपालीको क्रेज बढेको बताए । त्यस्तै निर्देशक वीवी फुयाँलले चलचित्रमा आफुले सक्दो मेहेनत गरेको बताए । नायक दिकपाल कार्कीले पनि चलचित्रमा काम गर्दाका दिन सम्झदै चलचित्र ‘च्याम्पिएन’ उत्कृष्ट बनेको दाबी गरे । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले पनि चलचित्रलाई शुभकामना दिएका थिए ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu