‘कैफियत’मा अत्याधुनिक प्रविधिको प्रयोग



kaifiyat-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘मन्ध मन्ध’ बोलको गीतका कारण राम्रै प्रतिक्रिया बटुलिरहेको चलचित्र ‘कैफियत’ माघ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । द्वन्द्व र लभस्टोरीलाई प्राथमिकतामा राख्दै निर्माण भएको चलचित्र कैफियतमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ जसका कारण पनि चलचित्र दर्शकहरुका लागि प्रतिक्षित बनिरहेको छ ।

‘फुल एक्सन’ फिल्मका रूपमा प्रचारमा रहेको कैफियतमा झन्डै ६० प्रतिशत भिएफएक्स, ग्राफिक्स तथा एनिमेसन रहेको छ । यो चलचित्रमा नन्दिता केसी, शंकर शाही ठकुरी, सिपी पौडेललगायत कलाकारले अभिनय गरेको कैफियतका निर्माता चिन्तामणि बराल हुन् । दशरथ गिरीले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

दशरथले भारतको हैदरावादस्थित अरिना मल्टिमिडियामा ३६ महिने डिप्लोमा इन मल्टिमिडिया कोर्स गरेका हुन् । नेपाली फिल्मका दर्शकलाई अत्याधुनिक प्रविधियुक्त फिल्म दिने हेतुले कैफियतबाट निर्देशनमा उत्रिएको उनी बताउँछन् । त्यस्तै चलचित्रकी नायिका नन्दिता केसीले पनि ‘कैफियत’बाट आफु आशावादी रहेको नायिका नन्दिता केसीले बताएकी छिन् ।

ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’मा चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानी गरेका छन् । चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu