कैफियत हिरोइन भन्छिन्, ‘मासिक एकचोटि पार्लर जाने गरेकी छु’



nandita-kc

ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र कैफियतमा मुख्य भुमिका निभाएकी नायिका नन्दिता के.सी. मेकअपमा अरु अभिनेत्री भन्दा अलि बढि ध्यान दिने अभिनेत्री हुन् । उनी सकभर आफ्नो मेकअप आँफै गर्ने गर्छिन्, त्यसैले उनी मेकअपमा बढि ध्यान पुर्‍याउँछिन् । तर उनी भने आफुलाई मेकअप त्यत्ति मन नपर्ने बताउँछिन् ।

नयाँ पत्रिकासँगको कुराकानीमा उनले भनेकी छिन्, ‘सुटिङबाहेक बाहिर हल्का मेकअपमै हुन्छु । मेरो ब्यागमा सानो ऐना, लिपस्टिक, गाजल र फाउन्डेसन भने हुने गर्छ । बाहिर हिँड्दा सन ब्लक, फाउन्डेसन क्रिम लगाउने गरेकी छु ।’

मेकअप र घामको प्रकाशदेखि निकै सहज हुने नन्दिता दिदीका छोरीहरूले घरमै थ्रेडिङ गर्दिने बताइन् । उनले फेरी थपिन्, ‘हेयर मसाज, हेयर ट्रिटमेन्ट पनि घरमै हुने भएकाले हत्तपत्त मलाई पार्लर जानुपर्दैन । तर, पछिल्ला दुई महिनादेखि भने मासिक एकचोटि पार्लर जाने गरेकी छु ।’

नन्दिताले अभिनय गरेको चलचित्र ‘कैफियत’मा शंकर शाही ठकुरी, सिपी पौडेललगायत कलाकारले अभिनय गरेको कैफियतका निर्माता चिन्तामणि बराल हुन् । दशरथ गिरीले यो चलचित्रलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu