केकी र सविनलाई ‘यो के भाको’ (भिडियो)



k-bhako
ठुलोपर्दा डटकम, काठमाण्डौ।
संगीतकार चेतन सापकोटाले निर्माण गरकेो चलचित्र ‘भाग सानी भाग’को ‘यो के भाको’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दयाराम पाण्डेका शब्द तथा चेतन सापकोटाको संगीतमा अन्जु पन्त र राज सिग्देलले स्वर दिएका छन् ।

गीतको भिडियोमा कविराज गहतराजले नूत्य निर्देशन गरेका छन् । गीतमा अभिनेत्री केकी अधिकारी र सविन श्रेष्ठलाई फिचरिङ गरिएको छ । आउदो चैत्र ५ गते देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् भने चलचित्रका कथा नवलकै रहेको छ ।

यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा उतारिएको बताईएको छ ।

चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बनेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu