रहेनन् नृत्य निर्देशक बसन्तजंग रायमाझी



basanta-jung
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र नृत्य निर्देशक बसन्तजंग रायमाझीको बुधबार बिहान निधन भएको छ । रायमाझीको ८१ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको उनको परिवारीक श्रोतले जनाएको छ ।

थापाथलीमा रहेको नर्भिक अस्पतालमा निधन भएको उनको शवलाई अहिले प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । साँझसम्ममा उनको शवलाई प्रज्ञामा राखेर आजै आर्यघाटमा दाहासंकार गरिने बताइएको छ । घरमा एक्कासी अचेत भएर लडेपछि उनलाई नर्भिकमा भर्ना गरिएको थियो ।

बलिउडमा करिब सय बढी चलचित्रमा नृत्य गरेका बसन्त जंग रायमाझीले डेढ सय भन्दा बढी नेपाली चलचित्रमा कोरियोग्राफी र नृत्य गरेका छन् । बसन्तले अमिताभ बच्चनसँग पनि चलचित्रमा नृत्य गरेका थिए ।

यस्तै, चर्चित गीत ‘मोनिका’मा उनले बलिउड नायिका हेलेनसँग नृत्य गरेका थिए । ‘माया प्रिती, आर्शिवाद, के घर के डेरा, बासुदेव, यूगदेखि यूगसम्म, कस्तुरी, पहिलो प्रेम’ लगायतका नेपाली चलचित्रमा उनले नृत्य निर्देशनको काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu