ठुलोपर्दा डटकम, काठमाण्डौ।
मोहन निरौलाको लेखन र निर्देशन रहेको चलचित्र ‘जन्मभुमी’ले पुन प्रदर्शन मिति तोक्दै ट्रेलर सार्वजनिक गरेको छ ।
गएको बर्षको बैशाख १८ गते आउने भनिएको यो चलचित्र बैंशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण प्रदर्शनमा आउन सकेको थिाएन अब भने यो चलचित्र चैत १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
यो चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको साथमा नव(कलाकारहरु जेविका कार्की र अग्रिम गिरी पनि छन् ।
चलचित्रमा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियको गीत, युवराज राईको छायांकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको एक्सन छ । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । अम्बिका गिरीको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुरज गिरीको लगानी छ ।
ट्रेलर: