कैफियत’माथी नन्दिताको भर, नायक भन्छन्, ‘दर्शकले खोजेको मसला छ’



nandita-shanker
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफियत’लाई दर्शकहरुले मनपराउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । बुधबार पत्रकारहरुसँगको छलफलमा चलचित्र यूनिटले दर्शकहरुको चाहना कैफियतले पुरा गर्ने बताउँदै कैफियतमा प्रविधिको उच्चतम प्रयोग गरिएको पनि खुलाइएको थियो ।

चलचित्रकी नायिका नन्दिता केसीले चलचित्र अहिलेको समय अनुसार उत्कृष्ट बनेको बताइन् । उनले भनिन्, ‘दर्शकहरुले चलचित्र हेरुनजेल भरपुर मनोरञ्जन लिनुहुन्छ किनकी चलचित्र भित्र लभस्टोरी र विशेषत एक्शन पाटोलाई उठाएका कारण कैफियत राम्रो बनेको छ ।’ उनका अनुसार चलचित्रमा उनी आधुनिक यूवतीको भुमिकामा देखिएकी छिन् ।

त्यस्तै चलचित्रका नायक शंकर शाहि ठकुरीले पनि चलचित्र राम्रो बनेको बताए । उनले चलचित्र भित्र आफु भुमिका बारे बोल्दै भने -‘म चलचित्र भित्र सोझो टाइपको विजनेस म्यानको भुमिकामा देखिएको छु । म निकै सोझो हुन्छु, सबकैको उपकार गर्न खोज्छु । भागवानमा विश्वास राख्ने भुमिकामा म देखिएको छु ।’ उनले चलचित्र एकपटक सबैले हेरिदिन पनि आग्रह गरे ।

सोहि भेटघाटमा नायक किशन सुनारले पनि चलचित्र राम्रो बनेका कारण सबैले एकपटक नछुटाइन हेर्न दर्शकहरुलाई अनुरोध गरे । ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’ मा चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानी गरेका छन् । चलचित्रमा शंकर शाहि ठकुरी, नन्दिता केसी, किशन सुनार, मिथिला शर्मा, नविन श्रेष्ठ, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीको छायांकन र अष्टमान महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रलाई दशरथ गिरीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu