‘क्लासिक’मा मेरो भूमिका न्यायपूर्वक निभाएकी छु: नम्रता श्रेष्ठ



classic-namrata

ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’को चर्चा अहिले नेपाली चलचित्र बजारमा व्यापक छ । दर्शकहरु चलचित्रको प्रचार प्रसारबाट नै ‘क्लासिक’ हेर्न आतुर भएको सजिलै अनुमान लगाउन सकिन्छ ।

पछिल्लो पटक चलचित्रका गीत, संगीतहरुले पनि चलचित्र ‘क्लासिक’लाई विशेष बनाइरहेको अबस्थामा चलचित्रका कलाकारहरु पनि प्रचार प्रसारमा तनमनका साथ लागेका छन् । ‘नोभेम्बर रेन’पछि एकसाथ फेरी ‘क्लासिक’ मार्फत पर्दामा देखिन लागेका सफल जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ चलचित्रमा भएका कारण पनि ‘क्लासिक’ बहुप्रतिक्षित बनिरहेको छ । त्यहि क्रममा चलचित्रकी नायिका नम्रता श्रेष्ठले ‘क्लासिक’ फरक विषय वस्तुमा निर्माण भएका कारण दर्शकहरुले मनपराउने विश्वस्त रहेको बताएकी छिन् ।

‘ठुलोपर्दा डटकम’सँगको विशेष कुराकानीको क्रममा उनले भनिन्, ‘हामीले चलचित्रलाई राम्रो बनाउने प्रयास गरेका छौं र मलाई लाग्छ चलचित्र राम्रो बनेको छ । पहिलो त एक सफल टिमले चलचित्र ‘क्लासिक’ निर्माण गरेको कारणले पनि चलचित्र क्लासिक हेर्न दर्शकहरु हलसम्म जानु हुनेछ भने म र आर्यन नोभेम्बर रेनपछि एकसाथ देखिएको कारणले गर्दा पनि दर्शकहरु चलचित्र हेर्न इच्छुक रहेको मैले बुझेको छु ।’

उनले चलचित्र ‘क्लासिक’ आफु र आर्यनसँगै चलचित्रको कथावस्तुलाई मनपराएर हलसम्म दर्शक जानेमा ढुक्क छिन् । उनले फेरी थपिन् -‘यो चलचित्रमा म र आर्यन एक दृष्टिविहीन जोडीको भुमिकामा देखिएका छौं र चलचित्रले दृष्टिविहीन भएरपनि उनीहरु समाजमा कति सभ्य र मर्यादित जिन्दगी जिउँछन् भन्ने चलचित्रले देखाउन खोजेको करणले पनि सबै दर्शकहरु एकपटक चलचित्र हेर्न हलसम्म जानुहुनेछ भन्नेमा म ढुक्क छु ।’ उनले आफुले चलचित्रमा पाएको भुमिकालाई न्यायपूर्वक काम गरेको बताउँदै बाँकी जिम्मा दर्शकहरुको हात रहेको बताइन् ।

चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu