‘नमस्ते नेपाल’को ट्रेलर र गीत सार्वजनिक



namaste-nepal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
युरोपमा छायांकन गरिएको नेपाली चलचित्र ‘नमस्ते नेपाल’को ट्रेलर र २ गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र यूनिटले ट्रेलर र २ गीत सार्वजनिक गरेको हो ।

द्वारिका उदय प्रोडक्सन प्रा.लिको प्रस्तुती रहेको चलचित्र ‘नमस्ते नेपाल’ लाई प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । नायक सविन श्रेष्ठ र विदेशी भूमिकी नायिका एनाको मुख्य भूमिका रहेको छ । चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, बसन्त सापकोटा, ओम सुनार, रियाज सिवाकोटीको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र गोपाल ढकालको पटकथा तथा संवाद छ ।

चलचित्रको प्रदर्शन यूरोपबाट सुरु गरिने र नेपालमा साउनमा मात्र प्रदर्शन गरिने निर्माता प्रदिप उदयले जानकारी दिए । कार्यक्रममा नायक सविन श्रेष्ठसँग चलचित्र टिमको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक राजु शाहले चलचित्रलाई पूर्णतया मनोरञ्जन शैलीमा निर्माण गरेका कारण दर्शकहरुले मनपराउने बताए । निर्देशक शाह र गोपाल ढकाल ‘छन्दे’ को पटकथा एंव संवाद रहेको चलचित्रमा बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu