‘क्लासिक’ खेल्दा साँच्चै मेरो आँखा अगाडी अन्धकार हुन्थ्यो: आर्यन सिग्देल



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक आर्यन सिग्देल, यो नाम यूवापुस्ताका दर्शकहरुको प्रिय नाम हो । ‘किस्मत’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएपछि उनलाई धेरैले चकलेटी नायकको रुपमा चिने । त्यसपछि एकपछि अर्को गर्दै सफल चलचित्र दिएपछि आर्यनको लोकप्रियता यसरी बढ्यो कि आजसम्म उनले आफ्नो करियरलाई फर्किएर हेर्नु परेको छैन ।

उनी विशेषत लभस्टोरी चलचित्रका लोकप्रिय नायक भनेर पनि चिनिन्छन् किनकी उनले लभस्टोरी चलचित्रमा गरेको अभिनयलाई दर्शकहरुले निकै रचाउने गर्छन् । उनको नयाँ चलचित्र ‘क्लासिक’ माघ २९ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

आँफैले निर्माण र अभिनय गरेका कारण अहिले आर्यन चलचित्रको प्रचार प्रसारमा राम्रैसँग दौडिरहेका छन् । ‘क्लासिक’मा आफुले दर्शकहरुको चाहना अनुरुप अभिनय गरेको बताउने आर्यनले चलचित्र भित्र चाहिँ एक दृष्टिविहीन यूवकको भुमिका निभाएका छन्, जसमा आर्यनलाई नायिका नम्रता श्रेष्ठले साथ दिएकी छिन् ।

चलचित्रको विषयमा कुरा गर्दै आर्यनले चलचित्र क्लासिक हेर्न दर्शकहरु आतुर भएका कारण चलचित्रले दर्शकहरुको साथ राम्रो पाउने दाबी गरे । उनले भने -‘चलचित्रले रुवाउन हाम्रो लागी महत्वपुर्ण कुरा रहेन तर हामीले चलचित्रबाट दिएको कुरा दर्शकहरुले ग्रहण गरिदिनुभयो भने हामीलाई त्यो नै सबैभन्दा ठुलो कुरा हुनेछ ।’

aaryan-classix

‘क्लासिकसँग अन्य दुई चलचित्रपनि एकसाथ प्रदर्शनमा आउँदैछ, डर त छैन नी ?’ भन्ने प्रश्नमा आर्यन भन्छन्, ‘हामीले १ बर्ष अगाडी चलचित्रको रिलिज डेट तय गरेका थियौ र त्यहि अनुसार हामीले चलचित्र माघ २९ गते प्रदर्शनमा ल्याउन लागेका हौं । हामीले दर्शकहरुलाई दिएको समयमा चलचित्र ल्याउन लागेका कारण क्लासिक प्रदर्शन हुन लागेको हो । मलाई यति थाहा छ क्लासिक माघ २९ गते प्रदर्शनमा आउँदैछ ।’

आर्यनले अगाडी थप्दै भने -‘म जब क्लासिकमा एक दृष्टिविहीनको भुमिका निर्वाह गर्थे त्यहि बेला मलाई साँच्चै मेरो आँखा अगाडी अन्धकार भए जस्तो हुन्थ्यो तर एउटा कुरा के थाहा पाए भने जसरी हामी दृष्टिविहीनहरुको बारेमा सोचिरहेका हुन्छौं त्यो भन्दा धेरै फरक र सम्मानित जिन्दगी उनीहरु जिइरहेका हुन्छन् । मात्र उनीहरु अन्धकारमा सबै चिजको महशुस गरिरहेका हुन्छ तर हामीहरुको जस्तै खुसी जिन्दगी हुन्छ उहाँहरुको पनि ।’ उनले आफुले काम गरेको चलचित्र मध्य निर्मातामा सुवास गिरी, निर्देशकमा दिनेश राउत र नायिकामा नम्रता श्रेष्ठ नम्बर वान रहेको पनि बताए ।

उनले अगाडी भने -‘म कसैलाई आँखा चिम्लेर विश्वास गर्न सक्छु भने यि व्यक्तिहरुलाई विश्वास गर्न सक्छु त्यसैको फलस्वरुप नोभेम्बर रेन र क्लासिक जस्ता चलचित्र जन्मेका हुन् ।’ उनले दर्शकहरुलाई चलचित्र एकपटक हेरिदिन पनि आग्रह गरे । उनले दर्शकहरुलाई चलचित्र हेरिदिन आग्रह गर्दै भने -‘म प्रति तपाईहरुको जुन विश्वास छ, सोच छ त्यसलाई नमार्ने हिसाबले हामीले क्लासिक ल्याएका छौं । मायाको महिनामा क्लासिक प्रदर्शनमा आउने भएका कारण चलचित्र हेरिदिन आग्रह गर्छु ।’

चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन र नम्रता श्रेष्ठको अलवा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu