‘क्लासिक”: क्लाईमेक्समा भक्कानिन्छन् दर्शक



classic-new-song

चलचित्र निर्देशक: दिनेश राउत
कलाकारहरु: आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे, प्रियंका कार्की, सुनिल रावल, समुना केसी, आदि ।
निर्माता: सुवास गिरी र आर्यन सिग्देल

मनिष अन्जान। चलचित्र भनेको एक शिक्षासँगै मनोरञ्जन दिने साधन हो । चलचित्रले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन सक्नु पर्छ । चलचित्र हेरुन्जेल चलचित्रले दर्शकहरुलाई जबसम्म भुलाउन र मनोरञ्जन दिनसक्दैन तबसम्म त्यसलाई उत्कृष्ट चलचित्र भन्न मिल्दैन । पछिल्लो समय नेपाली चलचित्रहरु दर्शकहरुको सारथी बन्ने गरेका छन् । क्रमश: नेपाली चलचित्रको स्तरउन्नतीले दर्शकहरु विस्तारै नेपाली चलचित्रहरु मनपराइरहेको अवस्था छ । हलीउड र बलीउडका चलचित्र मात्र चलचित्र हो भन्ने नेपाली दर्शकहरुको सोच अहिले नेपाली चलचित्रपनि हेर्न लायकको पनि हुन्छ भन्न थालेको पाइन्छ । त्यस्तै एकबर्ष अगाडी देखी दर्शकहरुको प्रतिक्षामा रहेको चलचित्र हो ‘क्लासिक’ । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको यो चलचित्र आखिर कस्तो छ ? पढ्नुहोस् संक्षिप्त बिश्लेषण ।

चलचित्रको पहिलो भाग
चलचित्र क्लासिकमा नायक आर्यन सिग्देलले (समय) नामक यूवकको भुमिका निभाएका छन् भने नायिका नम्रताले (दृष्टि) नामक यूवतीको भुमिका निर्वाह गरेकी छिन् । चलचित्रको पहिलो भागमा आर्यनले संगीतलाई माया गर्ने भएका कारण उनी बढिजसो गीत गाउन र घुम्न रुचाउँछन् । पहिलो भागको अन्त्यबाट कथाले मोड लिन्छ ।

चलचित्रको दोस्रो भाग
चलचित्रको दोस्रो भागबाट चलचित्र क्लासिक “क्लासिक” जस्तो बनेको छ । पहिलो भागले बोल्न खोजेका सबै कुराहरु विस्तारै अगाडी बढ्छन् । पहिलो भागलाई ठिकै सोचेका दर्शकले दोश्रो भागमा आँखा झिम्काउन पनि सक्दैनन् । विस्तारै भावुक बनेको ‘क्लासिक’को क्लाईमेक्स अगाडी नै दर्शकले सुक्क-सुक्क गर्ने धेरै ठाउँ भेटिन्छन् । क्लाईमेक्समा दर्शक भक्कानिन्छन् ।

चलचित्रको कमजोरी
चलचित्रको कमजोरी पत्ता लगाउन गाह्रै हुन्छ तर कतै कतै चलचित्रका केहि दृश्यहरु दोहोरिएका छन् । छिटो जवाफ खोज्ने दर्शकलाई त्यसले असहज बनाउन सक्छ ।

थाहा नपाएको दृश्य
चलचित्र हेर्न जाने दर्शकहरुले चलचित्रमा आर्यन र नम्रताको जोडी मात्र छ भनेर सोच्न सक्छन् तर चलचित्रमा नायिका प्रियांका कार्की पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu