‘भियोला बीच’ ब्याण्डका सबै सदस्यको मृत्यु



viyola

स्वीडेनमा भएको एक दुर्घटनामा बेलायती म्यूजिक ब्याण्ड ‘भियोला बीच’ का सबै सदस्यको मृत्यु भएको छ । खबरका अनुसार सो ब्याण्डका चारै सदस्य र उनीहरुका मेनेजरको दुर्घटनामा मृत्यु भएको हो ।

शनिबार स्टकहोम नजिकै एउटा हाइवेमा सो दुर्घटना भएको हो । हाइवेमा उनीहरु सवार कार पुलबाट करिब २५ मिटर तल नहरमा खसेर दुर्घटना भएको जनाइएको छ । ब्याण्डका सदस्यहरु क्रिस लियोनार्ड, रिभर रिभ्स, टोमस लोए र ज्याक डाकिनका साथ ब्याण्ड मेनेजर क्रेग टेरीको सो दुर्घटनामा मृत्यु भएको हो ।

बेलायती विदेश मन्त्रालयले दुर्घटनामा पाँचजनाको मृत्यु भएको पुष्टि गरेको छ । ‘भियोला बीच’ले ‘स्विङ्ग्स एण्ड वाटरस्लाइड्स’ बोलको गीतबाट गत वर्ष सांगीतिक यात्रा सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu