शाहरुख खानले कमाउँछन् एक मिनेटमा २६ लाख !



shaharukh richmanठुलोपर्दा डटकम। छब्बीस सय चालिस् करोड सम्पती भएका शाहरुख खान भारतिय धनी मानिसको सुचीमा पर्ने पहिलो फिल्मस्टार हुन्। उनि ११४ नंबरका धनी मानिसमा पर्छन्। त्यसो त शाहरुख कुनै उद्योगपती होईनन्। उनले कसरी यति धेरै सम्पत्ती जोड्न सफल भए त ?

शाहरुखले दुबईको एउटा बिवाहमा ३० मिनेट नृत्य गरेको आठ करोड भारतिय रुपैँया लिएका थिए। यसको मतलब उनले एक मिनेटमा २६ लाख कमाएका थिए। त्यसताका उनि सोहि दरको पैसामा मुम्बईको अर्को बिवाहमा पनि पुगेका थिए। उनलाई हरेक बर्ष सरदर २५० बिवाहमा निम्ता आउँछ तर उनि दश वटा भन्दा बढिमा जान भ्याउँदैनन्। उनले बिवाहमा प्रस्तुती दिए बापत करोडौँ रकम लिन्छन्।

उनका केहि खेलकुद क्ल्बहरु पनि छन्। चलचित्रमा अभिनय गरेबापत उनले मोटो रकम पारिश्रमिक लिन्छन्। मुम्बई, लण्डन तथा दुबईमा गरि करिव आठ सय करोड बराबरको अचल सम्पत्ती रहेको छ। उनले बैंकमा पनि उत्तिकै पैसा राख्ने गरेका छन्। रियल स्टेटमा समेत उनले लगानी गरेका छन्। केहि कम्पनीमा ब्राण्ड एम्बेसडर तथा विज्ञापनबाट पनि शाहरुखले पैसा आर्जन गर्छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu