यसरी खुलिन ‘क्लासिक’ मा आर्यनसँग प्रियंका (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘क्लासिक’ भित्र लुकाएको एक पात्रको रहस्य सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको ४ दिनपछि निर्माणपक्षले चलचित्र भित्रको एक पात्रको रहस्य सार्वजनिक गरेको छ । निर्माणपक्षले नायिका प्रियंका कार्कीको सस्पेन्स शैलीलाई सार्वजनिक गरेको हो । यो चलचित्रमा नायिका कार्की विशेष भूमिकामा छिन् ।

उनको भुमिकालाई दर्शकहरुले पनि रुचाएका छन् । चलचित्रका मुख्य नायक आर्यन सिग्देलसँग नायिका कार्कीको रोमान्टिक गीत पनि चलचित्रमा समावेश छ । चलचित्रमा समावेश सोही गीत सार्वजनिक गर्दै प्रियंकाको सस्पेन्स रिलिभ गरिएको हो । शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले वर्ड अफ माउथका कारण आक्रमण व्यापार गरिरहेको छ । त्यहि क्रममा चलचित्रको व्यापारसँग नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ पनि दर्शकसँग खुशी साट्न काठमाण्डौ बाहिरका विभिन्न हलमा पुग्ने भएका छन् । वुधबार यी दुई कलाकार दमक र धरानमा पुग्नेछन् ।

यस्तै, बिहिबार विर्तामोडको श्रीकृष्ण हलमा आर्यन र नम्रताले दर्शकसँग बसेर चलचित्र हेर्न तालिका रहेको छ । चलचित्र प्रदर्शनको दोश्रो शुक्रबार यी दुई कलाकार नारायणगढ र बुटवल पुग्नेछन् भने शनिबार पोखराका दर्शकसँग बसेर यी दुइले चलचित्र हेर्ने र सफलताको खुशी साट्ने निर्माणपक्षको भनाई छ । यसैविच, निर्माता सुवास गिरीले चलचित्रको सिक्वेल बनाउनका लागि दर्शकले माग गरेकाले यसबारेमा पनि सोच बनाएको बताए ।

उनले भने–‘हामीले चलचित्रमा पनि सिक्वेलका लागि ठाउँ राखेका छौ । दर्शकले पनि सिक्वेल बनाउनका लागि माग गर्नुभएको छ । हामीले यस बिषयमा सोच बनाइरहेका छौ ।’ सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा छन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu