‘ड्रिम्स’को अडियो एल्बम र भिडियो सार्वजनिक, देखियो अनमोल र साम्राज्ञीको रोमान्स (भिडियो)



anamol-and-samragyi
ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ड्रिम्स’को अडियो एल्बम र भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदी, चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार रार्इ, चलचित्रका निर्देशक तथा निर्माता भुवन केसी, नायक अनमोल केसी, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, पत्रकार सामिप्य तिमल्सिना, चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल लगायतले चलचित्र ड्रिम्सको अडियो एल्बम तथा भिडियो सार्वजनिक गरेका थिए ।

सार्वजनिक ‘तिमी नहुँदा’ बोलको गीतमा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्य लक्ष्मी राणालाई फिचरिङ गरिएको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । रोदित भण्डारी र सोमिय बराइलीको आवाज रहेको गीतमा बिशेस पाण्डे र रोदित भण्डारीको शब्द र संगीत रहेको छ । गीतको लोकेशन, मेकिङ उत्कृष्ट छ ।

एल्बम विमोचन कार्यक्रममा बोल्दै चलचित्रका नायक अनमोल केसीले ड्रिम्सले दर्शकहरुको ड्रिम्स पुरा गर्ने बताए । बर्षमा एउटा मात्र चलचित्र दर्शकहरु माझ पस्कने बताउँदै अनमोलले भने ‘म त १ बर्षमा १ महिना मात्र आउँछु । ११ महिना चलचित्र क्षेत्र चलाउनका लागि पनि नयाँ अनुहारको आवश्यकता पर्छ ।’ उनले चलचित्र ड्रिम्स आफ्नो लागि विशेष रहेको बताउँदै दर्शकहरुको साथ मिल्नेमा पुर्ण विश्वस्त रहेको बताए । त्यस्तै चलचित्रकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि चलचित्र ड्रिम्समा आफ्नो भुमिका महत्वपुर्ण रहेका कारण दर्शकहरुले मनपराउने दाबी गरिन ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक एवं निर्माता भुवन केसीले चलचित्र ड्रिम्सलाई हलीउड शैलीमा निर्माण गरेका बताए । ३० वर्षे चलचित्र यात्रामा भुवनले पहिलो पल्ट आफ्नै छोरा अनमोल केसीलाई लिएर आफ्नै ब्यानर काजल फिल्मस् मार्फत् ‘ड्रिम्स’को निर्देशन गरेका हुन् । भुवनले यसअघि काजल फिल्मस्को ब्यानरबाटै करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता चलचित्र निर्माण गरिसकेका छन् । यो चलचित्रमा अनमोलसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य भुमिका रहेको छ । चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu