करोड प्रवेशमा ‘क्लासिक’, दर्शकको उल्लेख्य साथ



classic2
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २९ अर्थात गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ करोड क्लबमा प्रवेश गरेको छ । क्लासिकले सोमबारसम्मको बिजनेशमा करोड क्लबको आँकडा पार गरेको वितरक कम्पनीले बताएको छ ।

चलचित्रका निर्माता सुबास गिरीले यो कुराको पुष्टि गर्दै प्रदर्शनमा आएको चार दिनमा चलचित्र करोड क्लबमा प्रवेश गरेको बताए । मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म दर्शकको उल्लेख्य उपस्थितीले चलचित्र चार दिनमा करोड प्रवेश गरेको बताइएको छ । खबरका अनुसार चलचित्रले अबको केहि दिनमा आफ्नो लगानी सुरक्षित गर्दै नाफाको बाटोमा अगाडी बढ्नेछ ।

सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा छन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu