‘स्पोर्ट्स फिल्म फेष्टिभल’ फागुन ७ देखि



sports
ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन ७ देखि राजधानीमा दोस्रो ‘स्पोर्ट्स फिल्म फेष्टिभल’ सुरु हुने भएको छ । ‘नेपाल स्पोर्ट्स फाउन्डेशन’ को आयोजनामा नेपाल पर्यटन बोर्ड हलमा दुई दिनसम्म चल्ने फेष्टिभलमा चलचित्र प्रदर्शनसहित खेलसँग जोडिएका चलचित्रसम्बन्धि छलफल हुने बताइएको छ ।

फेष्टिभलमा खेलकुदसँग सम्बन्धित नेपालका चार र अन्य देशका तीन चलचित्र प्रदर्शन गरिनेछ । जसमध्ये नेपालको तर्फबाट विजय गजमेरको ‘आकाश’, टिएस ठकुरी र जनक नेपालको ‘प्लेयर्स सिटी’, श्रीहरि श्रेष्ठ र आनन्दकुमार श्रेष्ठको ‘एन्जल अफ रिभर प्याराडाइज’ र सर्च फर कमन ग्राउन्डको प्रस्तुती ‘पावर अफ बल’ रहेका छन् भने भारतका विक्रम ब्युरोगाहियानको ‘किकिङ फ्रम द कर्नर’, बेलायतका साम कोलिनको ‘डेथ अफ जेन्टलम्यान’, रसियाका सोफिया गिविलरको ‘स्पिरिट अफ द मोसन’ ‘स्पोर्ट्स फिल्म फेष्टिभल’मा प्रदर्शन हुनेछन् ।

फेष्टिभलमा देश देखी विदेशसम्मका चलचित्रकर्मीदेखी खेलाडीहरुको पनि सहभागीता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu