नेपालमा खिचिएको जापानी चलचित्र ‘एभरेष्ट’को भब्य प्रिमियर, यस्तो छ ट्रेलर (भिडियो)



नेपालमा खिचिएको हलिउड चलचित्र ‘एभरेष्ट’ गएको बर्ष प्रदर्शन भयो । चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न नसकेपनि चलचित्रको चौतर्फी भने तारिफ भयो । यहि नाम गरेको चलचित्र जापानले पनि निर्माण गरेको छ । जसको ट्रेलर हालै सार्वजनिक भएको छ ।

जापानी चलचित्र ‘एभरेष्ट’को सार्वजनिक ट्रेलरमा अधिकाशं नेपालका दृश्य छन् । चलचित्रले नेपालको सगरमाथा आरोहण गर्दाका दुख र पिडालाई प्रस्तुत गरेको छ । यो चलचित्रको मंगलबार साँझ जापानको ओसाकामा भब्य प्रिमियर पनि गरिएको थियो । चलचित्रको प्रिमियर शोमा सहभागी हुन चलचित्रका नेपाली कलाकार तुलसीराम गौडेल पुगेका थिए ।

चलचित्र हेरेपछि गौडेलको पनि सबैले तारिफ गरेको बताइएको छ । मार्च १२ देखी जापानमा प्रदर्शन हुने यो चलचित्रमा जापानका सर्वाधिक सफल अभिनेता अबे हिरोसीको मुख्य भुमिका रहेको छ । चलचित्रमा ओकाडा जुनिची, ओनो मचिको, नेपालका अभिनेता थिन्ले लोन्डुप लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu