योजनाको ‘मनै त हो’ एक बर्षमा आयो



yojana-puri-manai-ta-hoठुलोपर्दा डटकम, काठमाण्डौ। गायिका तथा सञ्चारकर्मी योजना पुरीको नयाँ एल्बम ‘मनै त हो’ बजारमा आएको छ। एक बर्षको तयारी पश्चात पुरीले एकल स्वरको पहिलो एल्बम बजारमा ल्याएकी हुन्। उनले अन्य कलेक्शन एल्बममा दर्जनौँ गीत गाईसकेकी छिन्।

बृष म्यूजिकले बजारमा ल्याएको ‘मनै त हो’मा दीपक दशनामी, केदार धिताल, सन्तोष खनाल र शिवराज गौतमका शब्द तथा हरि लम्साल, अर्जुन पोखरेल, राम सिटौला, जन्म राई, सन्तोष दुमी र दीपक दशनामीको संगीत रहेको छ। ‘मनै त हो’, ‘झण्डै बिर्सेछु’, ‘घारघार घुरघुर’, ‘मुस्कुराई बस तिमी, ‘तिमी भए’ र ‘मखमली चोली’ बोलका गित समावेश उक्त एल्बमको ‘मनै त हो’ गीतको भिडियो भने आठ महिना पहिले नै सार्वजनिक भएको थियो।

अर्को गीत ‘झण्डै बिर्सेछु’को भिडियो पनि तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu