चलचित्र पत्रकार संघद्वारा भरतलाल श्रेष्ठको निधनप्रति दुख व्यक्त



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमै पहिलोपटक चलचित्र अवार्ड आयोजना गर्ने कला तथा चलचित्रप्रेमी एवं वरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको ७४ वर्षको उमेरमा गत ३ गते सोमबार साँझ राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । विसं १९९८ को बैशाख १३ गते जन्मिएका श्रेष्ठ करिब ५० वर्ष अघिदेखि समाजसेवामा समर्पित रहेका थिए ।

श्रेष्ठको असामायिक निधनले चलचित्र पत्रकार संघ स्तव्ध भएको छ । नेपालमा पहिलोपटक चलचित्र अवार्ड आयोजना गरी अवार्डका माध्यमबाट चलचित्र क्षेत्रको श्रीबृद्धीमा योगदान पुर्‍याउने कार्यको शुरुवातकर्ता श्रेष्ठको निधनले चलचित्र क्षेत्रलाई अपुरणिय क्षति पुगेको संघको ठहर छ ।

बिहिबार संघको कार्यालयमा बसेको बैठक पश्चात महासचिव सन्दिप सापकोटाद्वारा जारी विज्ञप्तीमा ‘पत्रकार संघ उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएका श्रेष्ठको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै पितृ शोकमा रहेका बरिष्ठ चलचित्र पत्रकार पुष्करलाल श्रेष्ठ (कामना न्यून पव्लिकेशन्स् मार्फत चलचित्र पत्रकारीतालाई व्यवसायिक रुपमा अगाडी बढाउने)का साथै शोक सन्तप्त परिवारजनमा समबेदना’ प्रकट गरिएको छ ।

लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर रहिसकेका स्व.श्रेष्ठले लायन्स क्लब अफ विशाल बजारको अध्यक्ष रहँदा त्यस सँस्थाबाट २०४५ सालमा शवना आजमीलगायत बलिउडका लोकप्रिय कलाकारहरुलाई समेत निम्त्याई नेपालकै पहिलो फिल्म अवार्ड कार्यक्रम आयोजना गरेर चलचित्र क्षेत्रलाई अतुलनिय गुण लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu