राजेश हमालको महिला भेषमा एक्शन अवतार



ठुलोपर्दा डटकम, काठमाण्डौ।
२०७३ सालको जेठ १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सकुन्तला’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा चलचित्रका नायक राजेश हमाल महिला भेषमा एक्शन अवतारमा प्रस्तुत भएका छन् ।

हमालले चलचित्रमा आफ्नो साढे दुई दशकको करिअरमा पहिलोपटक भिन्न भूमिकामा अभिनय गरेका हुन् । सकुन्तलाका निर्देशक दिनेश श्रेष्ठले आफुले नयाँ सोचका साथ हमालको भूमिकालाई फरक बनाउन खोजेको बताए । फर्ष्ट लुकमा देखिएको हमालको नयाँ अवतारले चलचित्रप्रतिको रुचि थपिनेमा आफु ढुक्क रहेको श्रेष्ठले बताए ।

sakuntala-1st-looks

यो चलचित्रमा हमालका साथमा अनु शाह पनि मुख्य भुमिकामा रहेकी छिन् । ग्रीनहिल भी.एफ.एक्स प्रा.लि.को ब्यानरमा महेश्वर खत्री र श्रीपसा खत्रीले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा हमाल र शाहका साथमा किशोर खतिवडा, रविन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदीप कुमार उदय, प्रदीप ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रमा निर्देशन, छायांकन तथा लेखन दिनेश श्रेष्ठको रहेको छ । अष्ट महर्जनको द्वन्द्व रहने सकुन्तलामा संगीत अर्जुन पोखरेलको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu