चितवनमा आर्यन र नम्रताको क्रेज, यसरी घेरियो दर्शकमाझ ‘क्लासिक’ टिम



aaryan-namrata-at-chitwan
माघ २९ अर्थात गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ यूनिट यति बेला देशदौडाहमा छ । चलचित्रका नायक आर्यन सिग्देल, नायिका नम्रता श्रेष्ठ, निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत अहिले दर्शकहरुको प्रतिक्रिया लिन पूर्वबाट शुक्रबार चितवन पुगेका छन् ।

शुक्रबार दिउसो दर्शकहरुसँग बसेर चलचित्र हेरेको यूनिटलाई दर्शकहरुले घेरेका थिए । शुक्रबार चितवनको गणेश चलचित्र मन्दिर नारायणगढमा चलचित्रका कलाकार आफ्नै आँखाअघि देख्दा चलचित्र हेर्न पुगेका दर्शकहरुको खुसीको सिमा नै रहेन ।

चलचित्र हेर्न बालकोनीमा दर्शकहरु खचाखच भरिएका थिए । जब आर्यन र नम्रता हल भित्र छिरे दर्शकले मोवाईल निकालेर सेल्फी खिच्न थाले, त्यसपछि हलको महोल नै फरक भयो । दर्शकले आर्यन र नम्रता सग सेल्फी खिच्न तछाड र मछाड गरेको दृश्य हेर्न लाएक बनेको थियो । पूर्वबाट चितवन पुगेको ‘क्लासिक’टोलि बुटवल, पोखरा हुँदै राजधानी फर्किने छ ।

चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu