‘फूलै फूलको मौसम तिमीलाई’का रचयतालाई सम्मान



ffmt-samman
ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ यूनिटले चलचित्रको प्रसार प्रसारलाई यति बेला आक्रमक बनाइरहेको छ । त्यहि क्रममा चलचित्रका निर्देशक दीनेश डीसीले आफू निर्देशित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को प्रचारलाई अगाडी बढाउने क्रममा चलचित्रको नामका रचयता गीतकार रत्नशमशेर थापालाई सम्मान गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा रत्नशमशेर थापालाई सम्मान गरिएको हो । रत्न शमशेर थापाले शब्द कोरेको र स्वर्गिय तारा देवीले आवाज भरेको ‘फूलै फूलको मौसम तिमीलाई’ गीतबाट यो चलचित्रको नाम सापटी लिइएको हो । सुपर पावरको कथालाई उठान गरेको यो चलचित्र आफुले २४ बर्षे यात्रामा कमाएको पैसा लगाएर चलचित्र निर्माण गरेको बताउँदै दिनेश डिसीले चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ उत्कृष्ट बनाएको दाबी गरे ।

त्यस्तै चलचित्रका नायक आमेष भण्डारी र नायिका नीता ढुंगानाले पनि चलचित्र दर्शकहरुले सोचेको भन्दा पनि उत्कृष्ट बनेको बताएका थिए । चलचित्रमा सुरेश अधिकारीको संगीत, राजेशपायल राईको स्वर, रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ । यो चलचित्र दिनेश डिसी प्रोडक्शनको व्यानरमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu