‘ड्रिम्स’ प्रदर्शन गर्दै सुरु हुनेछ नारायणगढको इन्द्रदेव हल, बन्यो सुविधायुक्त



indradev-cibema
ठुलोपर्दा डटकम।
नारायणगढको इन्द्रदेव चलचित्र मन्दिर पुननिर्माण गर्दै पुन: संचालनमा आउने भएको छ । २०५४ साल बैशाख २३ गते बाट संचालनमा आएको इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको सल्लाह सुझावलाई ध्यानमा राख्दै पुन संचालनमा आउन लागेको बताइएको छ ।

असोज ४ गते बाट चलचित्र प्रदर्शन गर्न रोकेर निर्माण गरिएको इन्द्रदेव चलचित्र मन्दिर यहि फागुन २१ गते बाट पुन संचालनमा आउदै छ । २०५४ सालमा एक करोड भन्दा बढी लगानीमा संचालनमा आएको ७९५ सिट क्षमता सो हललाई करिब ५ करोडको लगानीमा पुननिर्माण गर्दै ८३२ दर्शक क्षमता भएको हल निर्माण गरिएको छ । अत्याधुनिक र बिशेष सुविधायुक्त हलमा रुपान्तर गरिएको यस इन्द्रदेव चलचित्र मन्दिर सिल्भर स्कृनमा नेपालकै ठुलो हल बनेको छ ।

हलमा अब पुर्ण एयर कन्डिसन, आधुनिक डिजिटल मेशिन टू के ट्वान्टी बारको प्रोजेक्टर बाट फिल्म प्रदर्शन,थ्री डि फिल्म हेर्न मिल्ने, थ्री वे साउन्ड लगायतको बिशेष सुविधा रहने छ । माथि ३१७ सिट क्षमता भएको पोल्टिनियमको टिकट रु २५० र तल ५१५ सिट भएको गोल्डको टिकट रु २०० मूल्य निर्धारण गरिएको छ । अन लाईनबाट पनि टिकट काट्ने सुबिधा भएको पूर्ण पारिवारिक हल, लगेज काउन्टर समेत भएको यस इन्द्रदेव चलचित्र मन्दिरमा पार्किङ्को समेत राम्रो व्यवस्था गरिएको छ। यहि फागुन २१ गते शुक्रबारबाट चलचित्र ‘ड्रिम्स’बाट हल पुन संचालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu