बलिउडमा केही समययता श्रीदेवी फेरी बलीउड चलचित्रबाट कमब्याक गर्ने खबर बाहिर आएको छ । सन् २०१२ मा श्रीदेवीले ‘इंग्लिस विंग्लिस’बाट कमब्याक गरेकी थिइन् । त्यसपछि उनले अरू कुनै चलचित्र खेलिनन् ।
उनको लामो समयको यो मौनता तोड्न उनका पति बोनी कपुरले नै चलचित्र बनाउने भएका छन् । चलचित्र महिला विषयमा केन्द्रित हुने बताइएको छ । अब बन्ने चलचित्रमा श्रीदेवीसँगै अभिनेता नवाजुद्दीन सिद्दिकी पनि देखिने भएका छन् ।
चलचित्रमा एउटी आमा र छोरीको कथा हुने बताइएको छ । खबरका अनुसार चलचित्रमा श्रीदेवी नवाजुद्दीनको श्रीमतीको भुमिकामा हुनेछिन् ।