अशिष्मा भिजे, सुरु भयो ‘हाउसफुल’



housefulll
ठुलोपर्दा डटकम।
नेपालमण्डल टेलिभिजन च्यानलमा नेपाली चलचित्रसम्बन्धी कार्यक्रम ‘हाउसफुल’ को प्रसारण प्रारम्भ भएको छ । प्रत्येक बिहीबार साँझ ८ बजे प्रसारण हुने यो कार्यक्रममा नायिका अशिष्मा नकर्मी भिजेको रूपमा प्रस्तुत भएकी छिन् ।

चलचित्र वितरक तथा निर्माता गोपाल कायस्थद्वारा निर्मित यो कार्यक्रमको लेखन तथा निर्देशन विजयरत्न तुलाधरले गरेका हुन् । राजु राजदेव बज्राचार्य कार्यकारी निर्माता रहेको यो कार्यक्रमको छायांकार तथा सम्पादक शैलेश डंगोल हुन् ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक तुलाधरले यसअघि पनि टेलिभिजनमा नेपालभाषाको पहिलो कार्यक्रम तयार पारेका थिए । उनले २०५३ सालमा पहिलो पटक सांग्रिला च्यानलमा ‘हाबलासा’ शीर्षकको नेपालभाषाको कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu