संगीतकार महेश खड्काले गरे मिनाक्षीसँग दोश्रो बिवाह



mahesh-khadka-2nd-marrigeठुलोपर्दा डटकम, काठमाण्डौ। संगीतकार महेश खड्काले दोश्रो बिवाह गरेको स्पष्ट भएको छ। रहस्यमा रहेको खड्काको प्रेमसम्बन्ध अन्ततः बिहेमा परिणत भएको हो। म्यूजिक भिडियो निर्देशक मिनाक्षी कोईरालासँग महेशले घरमा श्रीमती र एक छोरा हुँदाहुँदै यसै बर्षको विजयादशमीको टिकाको दिनमा
बिहे गरेका हुन्।

महेश र मिनाक्षी पाँच बर्षयता प्रेममा थिए। समाजमा खुलेर प्रेम नगरेता पनि मिनाक्षी खड्काको परिवारसँग समेत नजिक थिइन्। उनि समय-समयमा महेशको घरमा गईराख्ने गरेको बताईएको छ। मंसिरमा बिवाहको योजना बनाएका उनिहरु सम्बन्ध बारेमा हल्ला चल्न थालेपछि हतारमा बिहे गरेका हुन्। महेशको काकाको घरमा विधी पूर्वक उनीहरुले बिहे गरेका थिए।

मिनाक्षीले बिराटनगर जाने काम छ भनि घरबाट निस्केकी थिइन्। मिनाक्षीले अझैसम्म घरमा बिहे भएको कुरा नबताएको बताईएको छ। दोश्रो बिहे गर्ने आफु पहिलो सेलिब्रेटी नभएको बताउने खड्का पहिलो श्रीमतीसँग खासै राम्रो सम्बन्ध नभएको बताईन्छ। मिनाक्षी र महेश मिलेर ‘एम के’ नामक कम्पनी पनि खोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu