दुई हिरोको अचानक भेट हुँदा …



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका दुई नायक आर्यन सिग्देल र जीवन लुईँटेल मिल्ने साथी हुन् । आर्यन र जीवन एक अर्काको विषयमा खुलेरै कुरा गर्छन । केहि महिना अगाडी मात्र जीवनले आर्यन आफु भन्दा पनि सफल नायक र स्टार नायक भएको भन्दै तारिफ गरेका थिए ।

केहि समय अमेरिका बसेर आएका जीवन हाल नेपालमै छन् । मंगलवार काठमाण्डौको एयरपोर्टमा यि दुई नायकको अचानक भेट भयो । उनीहरुले एकसाथ तस्विर खिचाएका छन्, जुन जीवनले आफ्नो फेसबुकमा शेयर गरेका छन् ।

jiwan-luitel-and-aaryan-sigdel

जीवनले फोटो हाल्दै लेखेका छन्, ‘सुटिगं होइन । ऊ आउदै, म जाँदै अचानक एयरपोर्टमा’ । आर्यन पश्चिम नेपालका विभिन्न कार्यक्रममा सहभागी भएर फर्केका थिए भने जीवन काठमाण्डौबाट गृहजिल्ला बिराटनगर जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu