दयाहाङ र दियाको ‘सारे सारे’ (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
मिलन चाम्सले निर्देशन गरेको नयाँ चलचित्र ‘वीर विक्रम’को ‘सारे सारे’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतमा दयाहाङ राई र दिया पुनः फिचरिङमा छन् । उक्त गीतमा स्वर दीपा लामा र ताराप्रकाश लिम्बुको छ ।

कर्णप्रिय गीतमा शब्द दिनेश राउतको तथा संगीत पनि गायक लिम्बुको नै छ । रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन् । यो चलचित्रमा शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनिशरा राई सह निर्माताको रुपमा छन् । ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी तथा सम्राट बस्नेतको एक्शन समावेश चलचित्रलाई राजकुमार केसीले खिचेका हुन् ।

चलचित्रको कथा यम थापाको हो । चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रको सन् २०१६ को मार्च २८ तारिखमा हङकङमा विशेष प्रिमियर समेत हुँदैछ । ‘हँसिया’ निर्देशकको यो चलचित्रलाई लभ, एक्सन र कमेडी जनराको भनिएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu