वलिउडः आठ महिनामा ६४ फिल्म, ३० फिल्म फ्ल्प



bollywood-8-monthsगणेश वली, ठुलोपर्दा डटकम। गत आठ महिनामा वलिउडमा जम्मा ६४ वटा नयाँ फिल्म रिलिज भएका छन्। ती सिनेमा मध्ये ८ वटा सुपरहिटको लिस्टमा छन् त्यस्तै ५ वटा हिट लिस्टमा परे। १२ वटा सिनेमाले लगानी उठाएर ५०% सम्म नाफामा रहे भने ९ वटाले लगानी मात्र सुरक्षित गरे। बाँकी सबै फ्ल्प लिस्टमा छन्।

चेन्नई एक्सप्रेस, आशिकी-२, ए जवानी है दिवानी, ग्राण्ड मस्ती, फुक्रे, एबिसिडी, मर्डर-३ र जोली एलएलबी सुपर हिट फिल्म हुन्। हिट लिस्टमा भाग मिखा भाग, शुटआउट एट वाडला, द लञ्च बक्स, चस्मे बदुर र कई पो चे रहेका छन्।

लगानी उठाएर केहि नाफामा रहेका चलचित्रहरु मटरु बिजुलीका मण्डोला, रेस-२, स्पेशल-२६, साहेव बिवी और ग्यांगस्टार रिटर्न्स, एक थि डायन, नौटंकी साला, कमाण्डो, बोनबे टल्किज्, गो गोवा गोन, रन्झणा, मद्रास क्याफे र शुद्द देशी रोमाञ्स हुन्।

बि.ए.पास, सत्याग्रह, घनचक्कर, यमला पगला दिवाना-२, जिप्पी, हिम्मताला, मेरे ड्याडकी मरुती, विशवरुप र टेबल नं. २१ ले लगानी डुब्नबाट बचेका छन्। अन्य सबै फ्ल्प सिनेमा हुन्।

(६४ सिनेमामा यो ६० वटाको रिपोर्ट हो। भर्खर प्रदर्शनमा आएका बोस, मिक्की वाईरस, साहिद र वार छोड्ना यार को बक्स अफिस रिपोर्ट प्राप्त भएको छैन।)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu