‘निर्भय’ र ‘लीला’मा निता



Neeta-Dhungana-2-films
ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’बाट चौतर्फी तारिफ बटुलेकी नायिका निता ढुंगाना एकसाथ दुई नयाँ चलचित्रमा पक्का भएकी छिन् । उनी चाँडै नयाँ चलचित्र ‘निर्भय’को छायाँकनमा व्यस्त हुने छिन् ।

उनले अब आफू नयाँ प्रोजेक्टको तयारीमा जुटेको बताएकी छिन् । यस बर्ष २ वटा चलचित्र प्रदर्शनमा आएका निताका सबै चलचित्रले सुखद व्यापार गर्न नसकेपछि उनी केहि तनाबमा भने पक्कै छिन् तर अब चाँडै छायाँकन हुन लागेको चलचित्र ‘निर्भय’ले भने आफुलाई निराश नभएर सुखी बनाउने उनको दाबी छ ।

चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन चैत्र १५ गतेबाट सुरु हुँदैछ । त्यस्तै यो चलचित्रपछि उनी ‘लीला’मा व्यस्त हुने छिन् । यो चलचित्रलाई भने नयाँ टिमले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu