माओवादी लिडरको कथामा चलचित्र बनाउँदै सरोज खनाल



Saroj-khanal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हालै डा.बाबुराम भट्टराईको नयाँ शक्ति अभियानको सदस्यको रुपमा जिम्मेवारी सम्हालेका नायक सरोज खनालले नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएका नायक खनालले आफ्नै लगानीमा चलचित्र निर्माण गर्न लागेका हुन् ।

खनालले एक माओवादी लिडरको कथामा चलचित्र निर्माण गर्न लागेका हुन् । यो चलचित्रको नाम तय गरिएको छैन, तर कथावस्तु तयार भैसकेको छ । चलचित्रको कथा विकास आचार्यले तयार पारेका हुन् । प्राप्त खबर अनुसार चलचित्रलाई विकास आचार्य र सरोज खनालले मिलेर निर्माण गर्दैछन् । आधिकारीक खबर बाहिर नआएपनि चलचित्रलाई विकास आचार्यले नै निर्देशन गर्न सक्ने बताइएको छ । यो चलचित्रमा कुनै गीत पनि हुनेछैन ।

अहिले लोकेशन हेर्ने काम काम भइरहेको र चाँडै चलचित्रको निर्माण घोषणा गरिने निर्देशक आचार्यले जानकारी दिएका छन् । चलचित्रको मुख्य भूमिकामा खनाल आफै रहनेछन् । खबरका अनुसार यो चलचित्रको ७० प्रतिशत छायांकन जेल भित्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu